विकास सिह महता

एक दशक अघि स्वदेशमा रोजगारी नपाएपछि बेलडाँडीका गाँउपालिका ४ वैवाहका युवा गणेश बहादुर धामी विदेश(मलेशिया) गएका थिए । उनी घुम्नघाम गर्न होईन, रोजगारीका लागि मलेसिया गएका थिए । ०६५ सालतिर काठमाण्डौँ बालाजुबाट ईलेक्ट्रिसियन तालिम लिएका धामीले स्वदेशमा रोजगारी नपाएपछि विदेशीएका थिए । विदेशमा समेत उनले ईलेक्ट्रिसियन प्राविधिक भई तीन बर्ष काम गरे । ०६७ सालतिर मलेसिया गएका उनी ०७० मा स्वदेश फर्किए । हातमा सीप भएपनि लगानी नहुँदा उनले सात बर्षसम्म महेन्द्रनगर बजारमा ईलेक्ट्रिसियन मजदुरीकै काम गरे । ‘हातमा सीप छ, लगानी भएन, ‘सातबर्षसम्म हातमा बिजुल मर्मतका समान बोकेर घर घरमा गएर काम गरे, ‘उनले भने, ‘अहिले ऋणदान गरेर सानो पसल थापेको छु ।’ उनले भीमदत्त नगरपालिका ४ गल्ली नम्बर २ महेन्द्रनगर बजारमा ‘धामी बिजुली पसल’ खोलेर दुवै सेवा दिईरहेका छन ।

‘अतिन्जेल अरुको काम गर्ने आफ्नै पसल आफ्नै सीप सदुपयोग गरिरहेको छु, ‘उनले भने, ‘उद्यम गर्नका लागि विदेश मात्र नभई स्वदेशमा समेत गर्न सकिन्छ ।’ काठमाण्डौँमा औपचारिक लिएको तालिम विदेशमा झन व्यवहारिक अभ्यास गर्दा थप अनुभव लिएको बताउदै धामीले रोजगारीका लागि विदेशमा धाउनुपर्ने अवस्था टरेको बताए । ‘हातमा सीप, लगानी र इच्छा शक्तिभएपछि विदेशिन प्रदैन, ‘उनले भने, ‘स्वदेशमै उद्यम गर्नुपर्छ ।’ उनले अहिले ग्राहकको घरमै गएर बिद्युत सम्बन्धीको सेवा दिदै आएका छन । ‘समान पनि बेच्छु, घरमै गएर पनि मर्मत गरिदिन्छु, ‘उनले भने, ‘यो मेरो काम र ग्राहकलाई सुविधा हो ।’ पङखा, मोटर, तार, वायरिङ्ग लगायत विजुली सम्बन्धीमा सबै समान र समाग्री जडानको सेवा दिईरहेको धामीले बताए । ‘बिजुलीको पसल राखेर रकम कमाउने भन्दा पनि सेवा पनि हो, ‘उनले भने, ‘सीप सदुपयोग गरिरहेको छु ।’ धामीले हातमा कुनै न कुनै सीप भएपछि विदेश भन्दा स्वदेशमै पौरख देखाउन सकिने बताउदै धामीले श्रम, सीप सदुपयोगमा सुझाव दिए ।

प्रतिक्रिया दिनुस