चुरे भएर दक्षिण बग्ने कञ्चनपुरको दोदा नदीले बर्षनी उर्बराभूमि कटानी गरिरहेको छ । यति मात्र नभई लामो समयदेखि बस्दै आएका स्थानीय समेत विस्थापित भईरहेका छन । तर, पनि सरकारी निकायबाट दोदा नदी नियन्त्रणका लागि ठोस पहल भएको छैन ।
नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयबाट कनिका छरिएजस्तै बजेट आउने सोही अनुरुप काम हुने भएकाले नदी नियन्त्रणमा ठोस कदम अघि बढेको छैन । ०६५ साल तिर दोदा नदीमा आएको वाढिले हजारौँ विगाह उर्बराभूमि वालुवामा परिणत भएको छ । उर्बराभूमि संरक्षणका लागि स्थानीय जागरुक भएका छन ।
दोदा नदी तटबन्ध संघर्ष समितिका अध्यक्ष रमेश चौधरीले उर्बराभूमि संरक्षणको विकल्प नभएको बताए । अध्यक्ष चौधरीले स्थानीय सरकार लालझाडी गाँउपालिका र जनताको तटबन्ध कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए । ‘दुवै कार्यालयमा ज्ञापन पत्र बुझाएका छौँ, ‘अध्यक्ष चौधरीले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले हाम्रो पीडित बुझिदिनुपर्छ ।’ अध्यक्ष चौधरीले दोदा नदीले जनता बर्षनी प्रताडित भएको बताउदै बर्षातका बेला चिन्तैचिन्ताले बाँच्नु परेको दुखेसो पोखे ।
स्थानीय एव दोदा नदी तटबन्ध संघर्ष समितिका उपाध्यक्ष बल बहादुर केसीले यथाशिघ्र बलियो तटबन्धको विकल्प नभएको बताए । ‘१२ बर्षमा नदीले धार परिर्वतन गर्छ भन्छन, ‘उनले भने, ‘अहिले दोदाले पनि गरिसक्यो, तर पनि तटबन्ध निर्माण भएन ।’ उनले नदीकै कारण सयौँ नागरिक घरबारबिहिन भएको दुखेसो पोख्दै तटबन्ध निर्माणमा पहल नभएको बताए । लालझाडी गाँउपालिका ३का वडाध्यक्ष टिकाराम डगौराले स्थानीयले मरिमेटी जैविक तटबन्ध निर्माण गरेको स्मरण गर्दै उर्बराभूमिका साथै बस्ती जोगाउनका लागि समेत तटबन्ध निर्माणमा जोडदिए । अध्यक्ष डगौराले स्थानीय जागरुक भएको बताउदै तटबन्धको काम अघि बढाउनुपर्नेमा जोडदिए ।
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका प्रमुख मनोरजन सिहले ठाँउ एकिन गरेपछि तटबन्धको काम गर्न सहज हुने बताए । उनले यस अघि लालझाडी गाँउपालिका ३ढुङ्गा क्षेत्रमा मुद्दा मामला परेकाले केही असहज भएको बताउदै स्थानीयले ठाँउ एकिन गरे काम शुरु गर्ने बताए । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले दोदा नदी नियन्त्रणको विकल्प नभएको बताउदै, नदीको कटानी समस्या सिङ्गो गाँउपालिकाको भएको बताए ।
लालझाडी गाउँउपालिका प्रमुख बडायकले स्थानीय तहसंग नदी नियन्त्रणका लागि प्रसस्त बजेट नहुने भएकाले त्यसका लागि प्रदेश र संघीय सरकारले सोचिदिनुपर्ने बताए । ‘हाम्रो स्थानीय सरकारसंग ठु्लो नदिनियन्त्रणका लागि प्रर्याप्त बजेट हुदैन, ‘गाँउप्रमुख बडायकले भने, ‘यसका लागि संघीय सरकारले समेत बजेट दिनुपर्छ ।’ दोदा नदीले लालझाडी क्षेत्रको उर्बराभूमि कटानी गरेर बालुवामा परिणत गरिरहेको बताउदै उनले कृषि उत्पादन बृद्धिका लागि जमिन संरक्षण गर्नुपर्नेमा जोडदिए । स्थानीय सरकारका तर्फबाट सबै निकायमा पहल भईरहेको उनले बताए ।