कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन्। भीमदत्त नगरपालिका –८ तिलाचौरमा बिओपी ब्रह्मदेवमा कार्यरत सशस्त्र प्रहरी जवान प्रकाश धामीले चलाएको प्रदेश नम्बर ३, ०२००१ ब ३३० नम्बरको मोटरसाकलले ठक्कर दिदा पैदल यात्री अन्दाजी ६० वर्षीय हरमलसिह धामी घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइते धामीलाई महेन्द्रनगरमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको जानकारी दिए। मोटरसाइकल र चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुस