काठमाडौं–नेकपा अध्यक्ष एवव् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको संवाद सकिएको छ। दुई अध्यक्षबीच झन्डै एक घण्टा छलफल चलेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

दुई अध्यक्षबीच कुन(कुन विषयमा संवाद भयो भन्ने भने सार्वजनिक गरिएको छैन। यसअघि गत शनिबार ओली(प्रचण्डबीच तिक्ततापूर्ण संवाद भएको थियो। पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच दूरी बढ्दै गएको छ।

शनिबारको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट ओलीको राजीनामा मागेको सार्वजनिक भएको थियो। तर ओलीले भने कुनै पनि हालतमा आफू राजीनामा नदिने स्पष्ट पारिसकेका छन्।

प्रतिक्रिया दिनुस