कञ्चनपुर २०, कार्तिक–सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको स्वास्थ्यमा समस्या देखिएको छ। कार्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा थिए।
एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि ऊनलाई आज सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको छ। नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको हो।
प्रतिक्रिया दिनुस