सेती प्रादेशीक अस्पतालमा कोरोना संक्रमित ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। प्रादेशिक अस्पतालमा उपचाररत धनगढी–५ की ती महिलाको बिहीबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कात्तिक १७ गते कोरोना पुष्टि भएपछि उनको भन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनमा कडा खालको निमोनिया देखा परेको थियो। उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइएको छ। नयाँ मापदण्ड अनुसार परिवारले पनि शव व्यवस्थापन गर्न सक्ने श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुस