फाइल फोटो
कञ्चनपुरमा एक स्थानीयको घरमा सिलिन्डर लिक हुँदा आगलागी भएको छ। पुर्नवास नगरपालिका –४ कार्गिल डाँडाका पूर्णबहादुर शाहीको घरमा बिहीबार ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार शाहीको जस्ता पाताले छाएको १ तले पक्की घरमा ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागी बाट करिब ५० हजार बराबरको क्षति भएको छ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, विद्युतीय मिटर, ग्यास चुलो, रेगुलेटर, भाँडाकुँडा लगायतका सामान समेत जलेका उनले बताए। आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुस