कोरोना सङ्क्रमण बाट कैलालीका एक वडा अध्यक्षको देहावसान भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रवार बिहान मृत्यु भएको हो।
नेकपा कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुकमा कोरोना सङ्क्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको उल्लेख गरेका छन्।
शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए।
प्रतिक्रिया दिनुस