कञ्चनपुर, २१ कार्तिक

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा विप्लव)ले कञ्चनपुरमा पनि बिरोध प्रर्दशन गरेको छ । नेकपा विप्लव कञ्चनपुरले केन्द्रीय कार्यक्रम अनुरुप बिहीबार जिल्लाको एक गाँउबस्तीमा बिरोध प्रर्दशन गरेको हो । नेकपा कञ्चनपुरका एक नेताका अनुसार कञ्चनपुरमा समेत कोरोना रोकथाममा सरकारको लार्पबाही र राष्ट्रियता बिरुद्ध भईरहेको गतिबिधका बिरुद्धमा प्रर्दशन गरिएको छ । बिरोध प्रर्दशनमा नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवले सम्बोधन गर्दै राष्ट्रियता कमजोर भएकाले रक्षाका लागि क्रान्तिकारी शक्तिले एकजुटको विकल्प नभएको बताए ।

 

इन्चार्ज सहदेबले जनतालाई कोरोनाको नाममा हुन आउने उपचार खर्च नबेहोरे हामी अझ ससक्त तरिकाले कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले “आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर ।” “कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर ।” “भ्रष्टाचारीलाई कारबाही गर ।” “भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर ।” “कालापानीबाट नेपाली सेना फिर्ता जा ।” “नेपाली सार्वभौमिकताको सम्मान गर ।” लगायतका नाराहरु लगाएका छन् ।नेकपा विप्लवले जनता र राष्ट्रियताका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुस