कञ्चनपुरका १५ जना सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३२३ जनाको कोरोना परीक्षण गरीएकोमा कञ्चनपुरका १५ सहित सुदूरपश्चिममा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिकाका वडा नखुलाइएका ६ महिला र ३ पुरुष, बेलौरी नगरपालिकाका एक महिला र एक पुरुष, भीमदत्तनगरपालिकाका १ पुरुष, बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ का एक पुरुष र कृष्णपुर नगरपालिकाका २ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टीकापुर नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यस्तै जोशीपुर र चुरे गाउँपालिकाका २र२ जना, ठेगना नखुलेका १ जना, डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगरपालिका र सुर्खेतका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुस