कञ्चनपुरमा तालीम प्राप्त कुकुर परिचालन गरिएको छ। कञ्चनपुरको महेन्द्रनगर बसपार्क र गड्डाचौकी नाकामा कञ्चनपुर प्रहरीले तालीम प्राप्त कुकुर परिचालन गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर बहादुर थापाका अनुसार तिहार नजिकिए सँगै लागु औषध तथा पटाका लगायतका विस्फोटक पदार्थ चेकचाँजका लागी मुख्य क्षेत्रहरूमा तालीम प्राप्त कुकुर परिचालन गरिएको छ। ‘भारतीय बजारबाट लागु औषध तथा विस्फोटक पदार्थ भित्रिन थालेपछि पश्चिमी सीमा नाकामा कडाइ गरिएको हो’–उनले भने।
प्रहरीले दसैँमा महेन्द्रनगरबाट दार्चुला जाने बसको छतमा लोड गरिरहेको अवस्थामा ६ बोरा पटाका बरामद गरेको थियो। त्यसको केही दिनअघि मात्रै महेन्द्रनगरबाट काठमाण्डौं गइरहेको बसमा पनि नागढुङ्गाको प्रहरीले पटाका बरामद गरेको थियो।
चाडबाडका बेला भारतबाट घर फर्किने मानिसहरूको भिडभाडमा अवैध विस्फोटक पदार्थ तथा लागु औषध नभित्रियोस् भनेर पश्चिमी सिमानाका गड्डाचौकी, गौरीफन्टा र महेन्द्रनगरस्थित बसपार्क क्षेत्रमा तालीम प्राप्त कुकुर परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस