अछाममा भएको कोरोना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कमबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार अछामको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८ का २ जना, कैलालीको टीकापुर नगरपालिका–१ का १ जना र बाजुराको बुढीगंगा नगरपालिका–५ एक जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म कमलबजार नगरपालिकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा हालसम्म १५ सय ४१ जनामा कोरोना परीक्षण हुँदा ८९ जनामा कोरोना संकमण पुष्टि भएको छ

प्रतिक्रिया दिनुस