दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड अस्पतालको उद्धघाटन भएको छ। कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा ५ शैयाको कोभिड –१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिह धामीले उद्घाटन गरेका हुन्।

स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको उद्घाटन गरेको हो।

जिल्लाका ६ वटा स्थानीय तहले भने अझै अस्पतालको उद्घाटन गर्न सकेका छ्रैनन्। मार्मा गाउँपालिकाले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिए। १० लाखको लागतमा बनेको अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स, र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ।

अस्थायी कोभीड अस्पातल सञ्चालनका लागि आएको १० लाख बजेट मध्ये स्थानीय तहहरुले ५ लाख बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ। यस्तै ४ लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुस