महेन्द्रनगर २३, कार्तिक–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बाँकी रहेका परीक्षा आगामी मङ्सिर १० गते देखी लिने जनाएको छ। आइतबार सूचना जारी गर्दे विश्वविद्यालयले आगामी परीक्षा अनलाइन मार्फत मङ्सिर १० गते देखी लिइने जनाएको हो।
स्नातक तहका शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय पाँचौँ सेमिष्टरका र बिबिएस तेस्रो वर्षका परीक्षा मङ्सिर १० गते देखी विद्युतीय प्रणाली मार्फत लिइने परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिए।
No description available.
प्रतिक्रिया दिनुस