महेन्द्रनगर २३, कार्तिक–कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा प्रदेशका विभिन्न प्रयोगसालामा भएको परीक्षामा कञ्चनपुरका २५ सहित सुदूरपश्चिममा थप ९५ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका १२ जना, बेदकोट नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिकाका २ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुशार कैलालीको उपमहानगरपालिका वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६र६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २र२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का १र१ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीकै टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १र१ जनामा संक्रमण देखिएको छ। भने ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा अछाममा भएको परीक्षणमा अछाममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमबजार प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८ का १९,१९ बर्षका दुई जना पुरुष कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का ४८ बर्षका पुरुष र बाजुराको बुढीगंगा नगरपालिका ५ का ५५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुस