सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुबेदीसँगै रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मन्त्री सुबेदीका स्वकीय सचिव, सुरक्षा गार्ड, चालक र उनका परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्री सुबेदीको रिपोर्ट भने नेगेटिभ आएको छ। मन्त्री सुबेदी होम क्वारेनटिनमा छन्। संक्रमण पुष्टि भएका स्वकीय सचिव, सुरक्षा गार्ड, चालक र उनका परिवारका सदस्यमा आइसोलेसनमा छन्। उनीहरु कसैमा पनि लक्षण भने देखिएको छैन। ‘उनीहरु कसैमा पनि कोरोनाको लक्षण छैन’ मन्त्री सुबेदीले भने ‘उहाँहरू पनि अहिले सुरक्षित ढंगले बसिरहनु भएको छ।’

प्रतिक्रिया दिनुस