कञ्चनपुरका १५ जना सहित सुदूरपश्चममा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ सय ४१ जनाको कोरोना परीक्षण गरीएकोमा थप ६३ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ८ जना र बेलौरी नगरपालिकाका ७ जना रहेका छन्। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुशार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का ५र५ जना, वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ र १० का २र२ जना र वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीकै भजनी नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका २र२ जना, यस्तै ठेगाना नखुलेका कैलालीकै ३ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै जना र अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस