नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महरा (चिन्तक) ले नेपाली भूमि माथि बारम्बार भारतीय पक्षको मिचाहा प्रवृत्ति सह्य नभएको बताएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दे सरकारको लाचारीपन र फितलो कानुन व्यवस्था भएको बताएका हुन्। एकातिर भारतीय पक्षसँग गोप्य रूपमा सरकारले सन्धि सम्झौता गर्ने अर्को तिर भारतीय एसएसबी खुलेरै नेपाली भूमिमा प्रवेश गर्ने गर्नाले आमजनताको सुरक्षा सङ्कटमा परेको उनले बताए।
उनले सरकार र स्थानीय प्रशासनलाई संयमित हुन ध्यानाकर्षण गराएका छन्। ‘शनिवार मात्रै कञ्चनपुरको बेलौरी नगरपालिका पचुइ स्थित सिमानाका भएर नेपाल प्रवेश गरेका भारतीय एसएसबी लाइ नेपालीहरूले लखेट्ने कार्यको उच्च सम्मान गर्दे उनले अवैधानिक गतिविधि र सीमा अतिक्रमण तत्काल बन्द गर्न भारतीय पक्षको ध्यानाकर्षण गराउँदछौ।’ विज्ञप्तिमा उल्लेख गरेका छन्।
साथै ‘आफ्नो देशमा हुने सबै खाले हस्तक्षेप र अतिक्रमण विरुद्ध कडाइसाथ कारबाही गर्न नेपाल सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौ र जनताको सुरक्षा सतर्कता तिर ध्यान दिन र गैर कानुनी अवैध र आपराधिक कार्य नियन्त्रण गर्न समेत माग गर्दछौँ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुस