कैलालीका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका – २ का ८४ वर्षीय पुरुषको सोमबार सेतीको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कार्तिक २१ कोरोना पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनमा निमोनियाको समस्या पनि देखिएको थियो।
कोभिड अस्पतालमा उपचाररत उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुस