
बझाङ २५, कार्तिक–जिल्ला अस्पताल बझाङले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ। जिल्ला अस्पतालमा कार्यरत ७ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द गरेको हो।
सङ्क्रमितको दर अझै बढ्न सक्ने देखिएको हुँदा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अर्को व्यवस्था नभए सम्मका लागी आकस्मिक तथा प्रसूति सेवा बाहेक सबै सेवाहरू बन्द गर्नु परेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दीप ओखेडाले जानकारी दिए।
आइतबार गरिएको परीक्षणका जिल्ला अस्पतालमा कार्यरत ७ जना कर्मचारीमा कोभिडको सङ्क्रमण देखिएको उनले बताए।
प्रतिक्रिया दिनुस

