‘राजा आऊ देश बनाऊ भन्दै कञ्चनपुरमा युवाहरूले प्रदर्शन गरेका छन्। मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगर बजार परिक्रमा गर्दे मदन चोकमा कोण सभा गरेको हो। युवाहरूको जमानत महेन्द्रनगर बजार भरिभराउ देखिन्थ्यो।
जनप्रतिनिधिहरू व्यापक भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरूले नारावाजी गर्दे राजा आऊ देश बचाउको माग राखेका छन्। ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। निर्मलालाई न्याय दे, गौ मातालाई संरक्षण गर, सनातन वैद्धीक धर्म जिन्दाबाद। गणतन्त्र खारेज गर।’ लगायतका नारा प्रदर्शन गरेका थिए।
No description available.
उनीहरूले देसलाई धर्मनिरपेक्षता घोषणा गरिएको भन्दै आपत्ति समेत जनाए। विभिन्न राजनीतिक दलले गर्दा देशमा संकट छाएको भन्दै राप्रपा जिल्ला समितिको आयोजनामा प्रदर्शन गरिएको राप्रपा जिल्ला समितिका अध्यक्ष पुर्ण बहादुर चन्दले बताए।
प्रतिक्रिया दिनुस