काठमाडौँ। मकवानपुरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ। उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुस