कञ्चनपुरका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय एक पुरुषको मंगलबार निधन  भएको हो।

सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनमा निमोनियाको समस्या देखिएको थियो। कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुस