विकास सिह महता कञ्चनपुर, २७ कार्तिक

कञ्चनपुरका युवा पत्रकार कृष्ण नेपालीलाई सम्मान गरिएको छ । महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार कृष्ण नेपालीलाई कञ्चनपुरको एक सहकारीले सम्मान गरेको हो । बिहीबार महेन्द्रंनगरमा शुरु भएको उदयदेव बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२ औँ बार्षिक साधारण सभा कार्यक्रममा पत्रकार नेपालीलाई सम्मान गरिएको छ । दलित समुदायबाट संस्कृत तर्फ शास्त्री तथा साहित्याचार्य उर्तिण गरेका पत्रकार नेपालीको मेहनतको कदर गर्दै सहकारीले सम्मान गरेको छ ।

 

पत्रकार नेपालीलाई पत्रकारितासंगै अध्ययनको हिसाबले सम्मान गरिएको सहकारीले जनाएको छ । उदयदेब सहकारीका प्रमुख कार्याकारी अधिकृत गणेश चन्दले दलित समुदायबाट अध्ययनका लागि उत्कृष्ठ र लगनशिल भएकाले हौसलाका लागि सम्मान गरिएको बताए । उनलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमका सभापति पूर्ण बहादुर चन्द र प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले दोसल्ला ओढाएर सम्मान गरेका थिए । दलित समुदायका पत्रकार नेपालीलाई यसरी संस्था क्षेत्रबाट मुल्याङकन गरि सम्मान गरेकोमा सहकर्मीबाट बधाई तथा शुभकामना आईंरहेको छ । त्रिवि र संस्कृति विश्वविद्यालय दुवै तर्फ उनी विद्यार्थी रहेका छन् । कञ्चनपुरका कार्यरत दलित समुदायका पत्रकार मध्ये कृष्ण सबैभन्दा बढि पढेलेखेका पत्रकार भएकाले सम्मान गरेको संस्थाले जनाएको छ । भीमदत्त नगरपालिका ३ तिलकपुर निवासी पत्रकार नेपाली नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुस