बैतडीमा गए राती भएको बस दुर्घटनामा परी ज्यान गुमाउने कञ्चनपुरकी एक बालिकाको शव पहिचान भएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका हल्दुखालकी १३ वर्षीय कृतिका कार्कीको शव पहिचान भएको हो।
सडकबाट करिब ६ सय मिटर तल खसेको उक्त बसमा सवार ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। महेन्द्रनगरकी ती बालीकाको शव डडेल्धुरा अस्पतालमा राखिएको अस्पतालका हेल्थ असिस्टेन्ट प्रेम सिह ठगुन्नाले जानकारी दिए। घटनास्थलबाट शव उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस