गए राती बैतडीको खोड्पेमा बस दुर्घटनामा परी गम्भीर घाइते ९ जनालाई धनगढी ल्याइएको छ। डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि गम्भीर घाइते ९ जनालाई धनगढी रेफर गरिएको जिल्ला अस्पताल डडेल्धुराले जानकारी दिएको हो।

सडकबाट करिब ६ सय मिटर तल खसेको वसमा सवार गम्भीर घाइते दार्चुलाकी २३ वर्षीय पूर्णा टमाटा, कञ्चनपुरको भीमदत्तनगरपालिका –२ का २३ वर्षीय दशरथ गिरी, बैतडीको दोगडाकेदारका नितेश आग्री, बझाङका वीरेन्द्र कार्की, कालिकोटका विशाल घर्तिमगर, स्थान नखुलेका वीरेन्द्र चौधरी, सुरज बोहार, लोकेन्द्र बोहरा र संगीता बिक लाई थप उपचारका लागी धनगढी रेफर गरिएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ।
अन्यको परिचय खुल्न बाँकी रहेको अस्पतालले जनाएको हो।

प्रतिक्रिया दिनुस