कञ्चनपुर २८, कार्तिक–महेन्द्रनगर म्युजियम आज देखी खुला गरिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका भाषी ट्राफिक चोक नजिक ७ करोड लगानीमा निर्माणाधीन महेन्द्रनगर म्युजियम शुक्रवार देखी खुला गरिएको हो।
क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा निर्माणाधीन महेन्द्रनगर म्युजियममा  स्टेच्यु अफ सिद्धनाथबाबा र म्युजियम परिसर खुला गरिएको छ।
गत वैशाख महिना देखी सञ्चालनमा ल्याउने तयारी थालिएको उक्त म्युजियम कोरोना भाइरसका कारण लागु बन्दाबन्दीले निर्माण ठप्प पारिएको थियो।
‘टिकटक बनाउने, फोटो खिच्न युवायुवतीहरूले दबाब दिएपछि निर्माणाधीन म्युजियम बाहेक म्युजियममा  स्टेच्यु अफ सिद्धनाथबाबा र म्युजियम परिसर खुला गरेका छौ।’ क्याप्टेन वेद उप्रेतीले बताए। क्याप्टेन उप्रेती ट्रस्टको तेस्रो  प्रोजेक्टका रूपमा काठमाडौँ र धनगढीको म्युजियम भन्दा यो पृथक् खालको रहेको दाबी गरिएको छ।
यस म्युजियम भित्र रहेको अप एण्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुने क्याप्टेन उप्रेतीले बताए। उनले भने,–‘ म्युजियम भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरू रहेका छन्। यस म्युजियमको धार्मिक दृष्टिकोणले समेत महत्त्व रहेको छ।  सिद्धनाथ बाबाको जटाबाट निस्कने पानीको फोहोरा र विभिन्न देवीदेवता सालिकहरूले यसभित्र आर्कर्षीत तुल्याउने जनाइएको छ।
म्युजियम निर्माणका लागी माता सरस्वती उप्रेती र वेद उप्रेतीले गरेको जग्गा दान र अन्य खर्च ४ करोड गरी ७ करोड खर्च लागेको उप्रेती ट्रस्टले शुक्रवार पत्रकार सम्मेलन गर्दे जानकारी गराएको हो। ७० वर्ष माथिका लाई भने म्युजियम प्रवेश निःशुल्क गरिएको छ। अन्यको हकमा भने प्रवेश सुल्क रु.५० निर्धारण गरिएको छ।
म्युजियमको पुर्णरुपमा निर्माण सम्पन्न भएपछि भने अन्यका लागी रु १ सय ५० र विद्यार्थीका लागी रु एक सय प्रवेश सुल्क लगाइने क्याप्टेन वेद उप्रेतीले बताए।
प्रतिक्रिया दिनुस