पर्यटन विकासका लागि सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा ‘महेन्द्रनगर म्यूजिम’ संचालनमा आएको छ । पुर्वपश्चिम महेन्द्रनराजमार्ग संगै भीमदत्त नगरपालिका ३ भाँसीमा ‘महेन्द्रनगर म्यूजिम संचालनमा आएको हो । क्याप्टेन बेद प्रकास उत्प्रेतीले उक्त म्यूजिम संचालनमा ल्याएका हुन् । संचालक उप्रेतीले सुदूरपश्चिम प्रदेशको पर्यटकिय विकासका लागि म्यूजिम संचालनमा ल्याएको बताए । सात करोड लागतमा निर्माण भएको म्यूजियमा तीन तले भवन, थि डि सहित हेलिकेक्टर, स्वीमिङ्ग पुल निर्माण गरिएको छ । महेन्द्रनगर म्यूजिमका संचालक उप्रेतीले हाल नयाँ पुस्ता र युवा युवतीका लागि बाहिर क्षेत्रतर्फको क्षेत्र संचालनमा ल्याएको बताए ।

‘कोडिभले मुख्य म्यूजिम सरकारले नै खोल्न अनुमति लिएको छैन, संचालक उप्रेतीले भने, ‘बाहिर तर्फ स्वीमिङ्ग पुल र हेलिकेप्टर अवलोकनका लागि व्यवस्था गरेका छौँ ।’ स्वीमिङ्ग पुलमा २४सै घण्टा शिव जीको मूर्ति राखिएको छ । पानी पहरा दिईएको छ । फिस्टेल एसरलाईन्सको हेलिकेप्टर लाङटाङबाट ल्याएर राखिएको छ । यस क्षेत्रका पर्यटकिय गन्तव्यका फोटा राखिएका छन् । ‘बाहिरबाट युवा युवती टिकटक बनाउनका लागि पर्खाल नाघेरै आउँन थाले, ‘संचालक उप्रेतीले भने, ‘अहिलेका लागि बाहिरको भाग संचालनमा ल्याएका हौँ ।’ ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई प्रवेस निःशुल्क भएको बताए । अहिलेका लागि प्रति व्यक्ति ५० रुपैया तोकिएको संचालक उप्रेतिले बताए । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर महेन्द्रनगरमा म्यूजिम संचालन भएसगै यस क्षेत्रको पर्यटकिय विकास हुने अपेक्षा गरिएको छ । कञ्चनपुरमा पर्यटकिय गन्तव्य थपिदै जाँदा यस क्षेत्रको आर्थिक विकास र सम्बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुस