बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार दुर्घटनामा परि मृत्यु भएका सबैको शव आफन्तलाई बुझाइएको छ। शुक्रबार साँझ पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको बैतडी प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायाण प्रसाद अधिकारीका अनुसार बिहीबार राती भएको यात्रुबाहक बस दुर्घटनामा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका ४ का र्तकराज गिरीको मृत्यु भएको थियो। यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको थियो। मृतक सबैको शव आफन्तलाई बुझाइएको छ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनाको धनगढीमा उपचार भईरहेको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुस