हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले १२ जना अति अशक्त, गरिब अपाङ्गता भएका व्यक्तिलाई तिहारको कोसेली वितरण गरेको छ। फाउन्डेसनले शुक्रवार अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयमा कैलालीका १२ जनालाई कोसेली वितरण गरेको हो।

फाउन्डेसनले विभिन्न १२ व्यक्ति र संघसस्थाबाट सङ्कलन गरेको रकमबाट १२ जनालाई नै तिहार कोसेली अन्तरगत चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको संस्थाकी अध्यक्ष देवी साउदले बताइन्।

उक्त कोसेली गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सीह साउद र उप प्रमुख रत्ना कडायतले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। विभिन्न दाताहरूको सहयोगमा अति असक्तलाई कोसेली वितरण गरिएको अध्यक्ष साउदले बताइन्।

प्रतिक्रिया दिनुस