कोरोना भाइरस संक्रमणका बीच कञ्चनपुरमा तिहारको चहलपहल बढ्दो छ। शनिबार लक्ष्मी पूजाको दिन भीमदत्तनगरपालिकोे मुख्य बजारमा श्रद्धालु तथा उपभोक्ताको भीड बाक्लो रहेको छ।

बजारमा खरिद बिक्रीका लागि पुगेका उपभोक्ता र व्यापारीले सामाजिक दूरी, मास्कको प्रयोग सही रुपमा नगरिएको देखिन्थ्यो। बजारमा बिहान फूलको माला, फलफुल तथा माटोको पाला (दियो) खरिदका लागि उपभोक्ता व्यस्त देखिए। यसपटक सयपत्री फूलको मालाको खरिद बिक्री विगत जस्तो नभएको व्यापारीको भनाई छ।

सयपत्री फूल भारतबाट केही मात्रामा आयात भएको र केही नेपाली बजारकै उत्पादनले उपभोक्ताको माग धानेको उनीहरुको भनाई छ। कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६६ पुगेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले देउसी भैलो जस्ता सामूहिक परंम्परागत कार्यक्रम नगर्न सर्वसाधारणमा अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुस