विकास सिह महता, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानलाई स्वीट नेपाल संस्थाले तरकारी खेतीका लागि सहयोग गरेको छ । स्वीट नेपालले तरकारी खेतीका लागि किसानलाई आवश्यक समाग्री दिईए सहयोग गरेको होे ।
स्वीट नेपालको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत वेदकोटका ८० जना किसानलाई तरकारी खेती गर्नका लागी आवश्यक साम्रगीहरुको सहयोग गरिएको छ । स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले किसानलाई तरकारी खेतीका लागी चाहिने बिउ,मल तथा औजारहरु गरी १६ प्रकारका समानहरु दिएको बताए ।

स्वीट नेपाल कञ्चनपुरले कोभिड बाट प्रभावितका लागी बेदकोट नगरपालिकाका ४ सय ५ जनालाई उदमी बनाई रोजगारी सिर्जना गर्नका लागी लागी परेको स्वीट नेपालका अध्यक्ष तिरुवाले बताए । स्वीट नेपाल वेदकोट नगरपालिका एक वटाबाट ८ जना हुनेगरी सबै वडाका ८० जना किसान लाई फिल्डमै लगी प्रयोगात्मक रुपमा तालिम समेत गरिएको जानकारी कृर्षि अधिकृत ललित पाण्डेले जानकारी दिए ।

संस्थाले वेदकोट लाई पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडी बढिरहेको छ वडा न १ र २ मा आलु बिउ उत्पादन,वडा न ३ र ४ मा च्याउ खेती कार्यक्रम ,वडा न ५ र ६ मा खुर्सानी उत्पादन,वडा न ७ र ८ मा लसुन उत्पादन तथा वडा न ९ र १० प्याज उत्पादन गर्ने कार्यक्रम रहेको छ । बेदकोट नगरपालिका ९का वडाध्यक्ष रामसिह धामीको अध्यक्षतामा भएको कार्यक्रमको पमुख अथितिमा वेदकोट नगर प्रमुख अशोक चन्द रहेका थिए ।

प्रतिक्रिया दिनुस