कञ्चनपुरका ३ जना सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ७९ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका र बेल्डाडी गाउँपालिकाका २ –२ जना र कृष्णपुर नगरपालिकाका १ जना रहेका छन्।

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ४ का २ जना, यस्तै वडा नम्बर २, ५ र १४ का १र१ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए। उनका अनुसार कैलालीकै जानकी गाउँपालिकाका ७ जना, यस्तै गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ।

त्यस्तै डडेल्धुराको आलिताल गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस