विश्व हिन्दु युवा सङ्घ कैलालीको गोदावरी वाल क्लबको अध्यक्षमा लोकराज ओझा चयन भएका छन्। विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्यसमिति कैलालीले सङ्गठन विस्तारका क्रममा गोदावरी नगरपालिकाको अध्यक्षमा चन्द्रदेव बमलाइ जिम्मेवारी दिएसँगै ओझालाई नगरपालिकाको बालक्लवको अध्यक्ष तोकेको हो।

सङ्गठन विस्तारकै क्रममा विश्व हिन्दु युवा सङ्घ कैलाली जिल्ला कार्यसमितिले ५ स्थानीय तहमा जिम्मेवारी बाडफाड गरेको छ। सङ्घले धनगढी उप–महानगरपालिकामा विनय चोखान, गौरीगंगा नगरपालिकामा चन्द्रदेव बम, घोडाघोडी नगरपालिकामा जनक जोशी, चुरे गाउँपालिकामा गौरीलाल दियाकोटी, गौरीगंगा नगरपालिकाको वडा नम्बर ८ मा कुवेर जंग शाहीलाई अध्यक्षको जिम्मेवारी दिएको छ।

जिल्ला कार्यसमितिको अध्यक्षमा भने दिनेश कलेल रहेका छन्। विश्व हिन्दु युवा सङ्घ केन्द्रीय समितिले युवाहरूलाई समेटी सङ्गठन विस्तार गर्न दिएको जिम्मेवारी अनुरूप केही स्थानियतहमा जिम्मेवारी बाडफाड गरिएको अध्यक्ष कलेलले जानकारी दिए।

प्रतिक्रिया दिनुस