बझाङ, ३ मंसिर–बझाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जय पृथ्वी नगरपालिका वडा न.१० चैनपुरबाट प्रहरीले सोमवार जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको मस्टा गाँउपालीकाका हाल चैनपुरमा बस्दै आएका नामिक ठेकेदार दीपक रोकाया, जय पृथ्वी नगरपालिका १० चैनपुरका पुरन धामी , जनपा ९ देवलका देवेन्द्र खड्का, सुर्मा गाँउपालीकाका टोप बहादुर बोहरा, मस्टा गाँउपालीका वडा १ का राजेन्द्र खड्का, छविसपाथिभरा गाँउपालीका २ का वीर बहादुर मन्डले र वुगल नगरपालिका वडा ९ का शेरबहादुर बोहरा रहेका छन्। जुवा तास खेल्दै गरेको अवस्थामा उनिहरुलाइ सदरमुकाम चैनपुरमा रहेको सुर्मा गाउँपालिकामा ने.क.पा का उम्मेदवार रहेका सेर बहादुर बोहराको घर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

अन्य जुवाडे खेलाडी घरको छतबाट हाम फाली भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रूपक खड्काले बताए। उनिहरुको साथबाट ८ गड्डी तास सहित १ लाख ६२ हजार ३सय २० रुपैयाँ पनि बरामद बरामद समेत गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस