कञ्चनपुरका दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आन्दोलित भएका छन्।  दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरू अघि सारेर उनीहरू आन्दोलित भएका हुन्।
बुधवारदेखि कञ्चनपुरका अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहीन व्यक्तिहरूले सत्याग्रह आमरण अनशन थालेका छन्। सुदूरपश्चिम प्रदेशका  दृष्ट्रिबिहिनका अगुवा बलराम पन्तको नेतृत्वमा उनीहरू शिक्षा विकास तथा समन्वय इकाई केन्द्रको कार्यालयमा सत्याग्रह आमरण अनसनमा बसेका हुन। ‘दृष्टिविहीन अपाङ्गता भएको राहत महिला शिक्षक कोठा थियो, ‘अनसनरत बलराम पन्तले भने, ‘उक्त कोटा सरकारले दियो, जिल्लाले खाइदियो।’ दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग अघि सारेर पटक पटक सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउँदा समेत कार्यान्वयन नगरेकाले बाध्य भएर आमरण अनसनमा बसेको बताए।
No description available.
दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनका साथै स्थानीय तह, प्रदेश , सङ्घीय र सुदूरपश्चिम विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा अपाङ्गता भएका व्यक्तिलाई रोजगारी सुनिश्चित गरिनुपर्ने माग सहित उनीहरू आमरण अनशनमा बसेका छन्।  यता शिक्षा विकास तथा समन्वय इकाई केन्द्रले पनि अपाङ्गता भएका व्यक्तिले अघि सारेका माग जायज भएकाले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई केन्द्रका शाखा अधिकृत राजेन्द्र प्रसाद भट्टले जायज माग भएकाले इकाई प्रमुख आएपछि आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्याको निकास निकाल्ने बताए।
प्रतिक्रिया दिनुस