गजल, धर्मानन्द भट्ट
मन जलेको छ, मेरो मुटु जलेको छ।
बजारमा नि बहुत हल्ला चलेको छ।

गलत साबित गर्न खोजिदै छ आज,
एकपल्ट विश्वासको जग ढलेको छ।

अरुलाई दोषी देखाउने प्रयत्न किन,
लाग्छ आफ्नै भाग्यले पो छलेको छ।

मेहनतले ढुङ्गा पगाल्छु भनेर हिडेको,
आज स्वयं पसिना चुहाउँदै गलेको छ।

मुलाकात हुँदैन अचेल उसंग पनि खै,
सायद उसले हिड्ने बाटो बदलेको छ।

नखाएको विषको नसा लाग्यो मलाई,
अमृत रोपेर नि किन विष फलेको छरु

हारेको होइन जिन्दगी जित्न नसके नि
आशाको दियो मनमा अझै बलेको छ।

प्रतिक्रिया दिनुस