फाइल

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउँदै गरेको जिपले ठक्कर दिँदा बूढीगंगा नगरपालिका–१ कुणीका रति लोहारका १० वर्षीय छोरा रमेश लोहारको उपचारका क्रममा मृत्यु भएको हो।

बुधवार बिहान ९ः५० भएको दुर्घटनामा गम्भीर घाइते भएका रमेशलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सु.प.त ०१ ज १०२००३ नम्बरको जिपको ठक्करबाट घाइते भएका रमेशको बयालपाटामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए। जिप र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस