सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले  विरोध प्रदर्शन गर्ने भएका छन्। कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार २२ राजनीतिक सङ्गठनले बुधवार मङ्सिर ७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय गरेका हुन्।
जसका लागी  माधव विष्ट, जगत जोशी, कैलाश जैसी, मोहनदेव मिश्र र रामचन्द्र भट्टको नेतृत्वमा ५ सदस्यीय व्यवस्थापन कमिटी निर्माण गरिएको नेकपा (क्रान्तिकारी माओवादी ) का प्रदेश सचिव राम बहादुर महराले जानकारी दिए। बुधवार बसेको बैठकबाट प्रदेश अन्तर्गत नयाँ नेपाल पार्टी लाई सङ्घर्षको मोर्चामा सहभागी गराउने र कार्यगत एकतामा सहभागिताका लागी केन्द्रमा सिफारिस गर्ने निर्णय पनि उनले बताए।
मङ्सिर ७ गते प्रदेशको दार्चुला ,बैतडी, बझाङ , डडेल्धुरा र डोटी  जिल्ला स्तरीय सङ्घर्षको कार्यक्रम गर्ने निर्णय समेत भएको सचिव महराले जानकारी दिए।
प्रतिक्रिया दिनुस