सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस परीक्षण हुन सकेको छैन्। नमुना सङ्कलन नहुदा पछिल्लो २४ घण्टा यता नमुना परीक्षण हुन नसकेको अस्पतालले जनाएको हो।

तिहारको समयमा स्वाब सङ्कलन हुन नपाउदा परीक्षण रोकीएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। तर आज बाट भने नियमित परीक्षण हुन थालिसकेको उनले जनाए।

धनगढीमा कोरोना परीक्षण गर्ने दुई प्रयोगशाला रहे पनि एउटा लामो समय देखी जनशक्ति अभावका कारण बन्द छ भने सञ्चालनमा रहेको अर्को प्रयोगशाला पनि बेला–बेलामा बन्द हुने गरेको छ।

प्रतिक्रिया दिनुस