हिन्दु राष्ट्र पुर्नस्थापनाका लागी दबाब दिन कैलालीमा बृहत ¥याली आयोजना हुने भएको छ। सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा मंसिर ४ गते कैलालीमा जुलुस तथा ¥याली निकालीने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

¥याली तथा प्रर्दशन कार्यक्रमका संयोजक रवीन्द्र कार्कीले हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानीक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रर्दशन हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए। उनले अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र सम्मृति ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसका विरुद्ध धनगढीदेखि अत्तरियासम्म प्रदर्शन गर्न लागेको बताए।

बिहिबार दिउँसो १२ बजे धनगढीको बुद्धचोकबाट सुरु हुने ¥याली अत्तरिया पुगेर पुनः धनगढी फर्कने र कोणसभा हुने संयोजक कार्कीले जानकारी दिए। धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधनसहित ३ हजार मोटरसाइकलको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका प्रवत्ता अशोक मल्लले जानकारी दिए।

उनले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको ¥यालीमा सहभागिता रहने जानकारी दिए।

प्रतिक्रिया दिनुस