पछिल्लो २४ घण्टामा कैलालीका ८ सहित मुलुक भर थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ३१ जनामा गरिएको परीक्षणमा ९ सय ८ पुरुष र ५ सय ३४ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख १२ हजार ९१७ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। हालसम्म १ लाख ८२ हजार ७८० जना सङ्क्रमणमुक्त भएका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ८७८ रहेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६र१६, स्याङ्जामा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
त्यस्तै दाङमा १४, तनहुँमा १३, धनुषामा १०, सर्लाहीमा ९, बाँके र कैलालीमा ८र८, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा ७र७, महोत्तरी, सिराहा, काभ्रे र पाल्पामा ६र६, सप्तरी, गोरखा, बाग्लुङ, कपिलवस्तु र नवलपरासीमा ५र५ जना सङ्क्रमित भेटिएका छन्।
बारा र प्युठानमा ४र४, इलाम, रामेछाप र म्याग्दीमा ३र३, धनकुटा, सुनसरी, सिन्धुली, पर्वत, लमजुङ, बर्दिया र दार्चुलामा २र२ र ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पर्सा, अर्घाखाँची, गुल्मी र रोल्पामा १र१ जना सङ्क्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुस