कैलालीमा एक स्थानीयको घरबाट १२ तोला सुन चोरी गरेको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको  धनगढी उप–महानगरपालिका – ५ का एक स्थानीयको घरबाट कार्तिक २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशङ्कामा वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क गिरी र अर्का युवकलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार गिरी सँगै मोटरसाइकलमा सवार अर्का युवकलाई पनि पक्राउ गरिएको छ।
तर उनी संलग्न भए , नभएको बारेमा अनुसन्धान भइरहेकाले तत्काल नाम खुलाउन नमिल्ने प्रहरी निरीक्षक थापाले बताए।
प्रतिक्रिया दिनुस