सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गए राती उपचारकै क्रममा मृत्यु भएको हो।
कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको मध्य राती १२ बजेतिर मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनको शव व्यवस्थापन नयाँ कार्यविधि अनुसार प्रशासन र नेपाली सेनाले गर्ने अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुस