रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो ।
कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वास प्रश्वासमा समस्या भएपछि २९ गते भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको कात्तिक ३० गते विहान मृत्यु भएको थियो । संक्रमितलाई भर्ना भएकै राति प्लाज्मा थेरापी र रेम्डिसिभिर समेत चलाइएको थियो।
प्रतिक्रिया दिनुस