हुम्लाको नाम्खा गाउँपालिका यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन्।
स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो। विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो।
रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए। ‘अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण देखिएको छैन,’ उनले भने, ‘कोरोना देखिएकालाई तातोपानी खुवाएर राखिरहेका छौं।’
प्रतिक्रिया दिनुस