कलुवापुर–बेलौरी सडक खण्ड कालोपत्रेको माग गर्दे स्थानीयले निर्माण कम्पनीका साधनहरू कब्जा गरेका छन्। सडक कालोपत्रेमा बदमासी गरेको भन्दै शुक्लाफाँटा नगरपालिका कालागौडीका स्थानीयले निर्माण कम्पनी सन्तोषी–थेगिम जेभीका साधनहरू कब्जा गरिदिएका हुन्।

सन्तोषी–थेगिम जेभीले विगत ५ वर्ष देखी सडक अलपत्र पारेको भन्दै शुक्रवार बिहानै देखी ट्रक लगायतका साधनहरू रोकेको स्थानीय केशव बहादुर साउदले जानकारी दिए। निर्माण कम्पनीले बनसाह सम्म मात्रै पानी पिच गरेर कालागौडीका स्थानीयलाई सास्ती दिन खोजेको भन्दै बस्ती बसेको क्षेत्र सम्म सडक स्तरोउन्ती गरीनुपर्ने माग उनीहरूको छ।

बनसाह सम्म कालोपत्रे गरेर निर्माण कम्पनी सन्तोषी–थेगिम जेभीले साधनहरू बेलौरी लग्न खोजेको थियो। तर स्थानीयले समयमै चालपाएपछि बिहीबार बिहान निर्माण कम्पनीका ५ ट्रक सहित अन्य साधनहरू बाटोमै कब्जा गरिदिएका छन्।

यता निर्माण कम्पनीले भने पहिलो खण्ड अन्तर्गतको काम केही बाँकी रहेकाले दोस्रो खण्डबाट सुचारु गर्ने गरी निर्माण सामाग्रीहरू बेलौरी लग्न खोजिएको बताएको छ। कम्पनीले स्थानीयसँग छलफल गर्ने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुस