कञ्चनपुरमा दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयनको माग गर्दै आन्दोलित भएका दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुले आमरण अनसन स्थगित गरेका छन् । बुधबारदेखि आमरण अनसनमा रहेका उनीहरुले सो कोटा कार्यान्वयनका लागि लिखित सम्झौता भएपछि अनसन स्थगित गरेका हुन् ।

दृष्टिविहीन महिला राहत अनुदान कोटा यसै (मंसिर) महिनाको मसान्तसम्म कायम गर्ने गरी सम्झौता पत्रमा जिल्ला शिक्षा समितिका प्रमुख फैरु तामाङ तथा शिक्षा विकास तथा समन्वय इकाईले उनीहरुको माग छिट्टै सम्बोधन गर्ने भनी सम्झौता गरिएको बताईएको छ ।

अनसनरत पक्षले तोकिएकै समयमा आफूहरुका मागको सम्बोधन नगरिए पुनः पुषको पहिलो साता देखि नै आन्दोलन चर्काउनुका साथै आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुस