बिमल धामी, कञ्चनपुर, मंसिर,५ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहिबार राति ७ बजे देखि सम्पर्क बिहिन भएका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया खोज तलास गर्दा शुक्रबार बिहान मृत फेला परेका हुन ।

५५ वर्षीय रोकायाको शव सोही वडा स्थित किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घर भन्दा करीब एक किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताउनुभयो।

प्रतिक्रिया दिनुस