कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ७ की ७२ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो। कार्तिक २९ गते अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारकै क्रममा आज बिहान १०ः२५ मा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनको शव जिल्ला प्रशासन र नेपाली सेनाले व्यवस्थापनको काम थालेको उनले बताए।

प्रतिक्रिया दिनुस